उपराष्ट्रपतिमा जसपाका यादवलाई मतदान गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गर्ने भएको छ । 

आज बिहान बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धनका साझा उम्मेदवार यादवलाई मतदान गर्न संघीय र प्रदेश सांसदलाई मतदान गर्न निर्देशन दिने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।  

उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुँदैछ । साथै बैठकले २५ फागुनमा राष्ट्रपतिमा निर्वाचित भएकोमा कांग्रेसका तत्कालीन नेता रामचन्द्र पौडेललाई बधाई दिएको छ ।  





  • प्रकाशित मिति : चैत १, २०७९ बुधबार १२:२०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया