प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र सरकारमा सहभागी हुने तयारीमा कांग्रेस

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिएपछि मात्रै नेपाली कांग्रेस सरकारमा सहभागी तयारी गरेको छ ।

आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्र सहभागी हुनेबारे छलफलसमेत गरेको छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतका अनुसार प्रधानमन्त्री दाहालले चैत ८ गतेभन्दा पहिले नै विश्वासको मत लिने तयारी गरेका छन् । ‘प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै कांग्रेस सरकारमा सहभागी हुने विषयमा छलफल हुन्छ,’ प्रवक्ता महतले भने ।   

गत पुस १० मा प्रधानमन्त्री नियुक्त हुँदा प्रचण्डलाई समर्थन गरेकामध्ये नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएका थिए । ती दलहरूले समर्थन फिर्ता लिएकोले प्रधानमन्त्री दाहालले पुनः विश्वासको मत लिन लागेका हुन् । 

यसअघि दाहालले गत २६ पुसमा विश्वासको मत लिँदा नेपाली कांग्रेसलगायत अधिकांश दलले विश्वासको मत दिएका थिए । त्यसबेला राष्ट्रिय जनमोर्चा र नेमकिपाले मात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थिएन । 

कांग्रेसले अहिले प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा सरकारले निरन्तरता पाउने र गठबन्धनका अरू दलहरू यो सरकारमा सामेल हुने बताइरहेको छ ।



केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले चुनावकै बेलाको गठबन्धनलाई पुनः लयमा ल्याइएको र पौडेललाई राष्ट्रपति बनाउन सफल भइएकोबारे जानकारी गराएका थिए । 



  • प्रकाशित मिति : चैत १, २०७९ बुधबार १४:१५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया