बालुवाटारमा १० दलीय सत्ता गठबन्धनको बैठक

उपराष्ट्रपति निर्वाचन र सरकार विस्तार बारे छलफल गर्न १० दलीय गठबन्धनको बैठक सुरु भएको छ । 

बैठक केहीबेरदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको हो । उपराष्ट्रपति निर्वाचन आगामी शुक्रबार हुँदैछ ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धन दलका शीर्ष नेता सहभागी छन् ।





  • प्रकाशित मिति : चैत १, २०७९ बुधबार १७:५७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया