दुग्ध विकास संस्थान (डिडिसी)ले दूधको मूल्य लिटरमा ११ रुपैयाँले बढाएको छ। सरकारी स्वामित्वको संस्थानले एकैपटक लिटरमा ११ रुपैयाँले मूल्य बढाएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहमतिमा मूल्य समायोजन गरिएको संस्थानका सूचना अधिकारी राजेन्द्र अधिकारीले बताए । यसअघि उपभोक्ताले प्रतिलिटर ८६ रुपैयाँमा खरिद गर्दै आइरहेका थिए ।
बिहीबारबाट नयाँ उपभोक्ता मूल्य लागू हुने अधिकारीले बताए । यसअघि १९ फागुनमा मन्त्रिपरिषद्ले प्रतिलिटर दूधको मूल्य १० रुपैयाँले बढाउने निर्णय गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।