नेपालले आज यूएईसँग खेल्दै, जित निकाले विश्वकप छनोटमा पुग्ने

आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजको अन्तिम खेलमा नेपालले आज यूएईको सामना गर्दैछ । नेपाल र यूएईबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । 

नेपालका लागि आजको खेल महत्वपूर्ण छ । आज यूएईलाई हराएमा नेपालले सोझै जुन–जुलाईमा जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ । पराजित भएको खण्डमा नेपालले यही महिनाको अन्तिममा नामिबियामा क्वालिफायर प्लेअफ खेल्नेछ । नेपालको नजर नामिबिया नभएर जिम्बाब्वे भ्रमणमा छ ।

उच्च लयमा रहेको नेपालले बिहीबार यूएईविरुद्ध जित निकाल्न चाहन्छ । यही सिरिजमा नेपालले यूएईलाई १७७ रनले हराएको थियो । यूएईविरुद्धको पछिल्लो पाँच ओडिआईमा नेपालले एक खेलमा मात्र हार बेहोरेको छ ।  

लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालले बिहीबार पनि सोही लय दोहोर्याउन चाहन्छ । यद्यपि नेपालले यूएई पनि लयमा फर्किएको छ । बुधबार मात्र उसले पिएनजीलाई ६ विकेटले हराएको थियो ।   

नेपालको सम्भावित प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटपिकर), रोहितकुमार पौडेल (कप्तान), भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।   





  • प्रकाशित मिति : चैत २, २०७९ बिहीबार ६:४०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया