यूएईविरुद्ध नेपाललाई चौथो सफलता

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले चौथो विकेट लिएको छ । ​नेपाललाई चौथो सफलता दिलाउनेक्रममा दीपेन्द्र सिंह ऐरीले आयान अफजल खानलाई ३ रनमा गुलशन झाबाट क्याच गराए । 

यूएईले तेस्रो विकेटको रूपमा सिपी रिजवानलाई ७ रनमा रनआउटको रूपमा गुमायो । नेपालका लागि ललित राजवंशीले दोस्रो ओभरको पाचौं बलमा यूएईका आर्यन लाक्रालाई बोल्ड आउट गर्दै ब्रेकथ्रू दिलाए ।  

दोस्रो विकेटका लागि नेपाललाई १६औ ओभर कुर्नुपर्‍यो । दोस्रो विकेट लिनेक्रममा स्पिनर सन्दीप लामिछानेले यूएईका कप्तान मोहम्मद वसिमलाई ६३ रनमा आउट गरे । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको यूएईले यो समाचार तयार पार्दासम्म २९ ओभरमा ४ विकेट गुमाएर १३३ रन बनाएको छ । 





  • प्रकाशित मिति : चैत २, २०७९ बिहीबार ११:३९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया