नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको उपनेतामा हिमाल कार्की नियुक्त भएका छन् ।
संसदीय दलका नेता उद्धव थापाले कार्कीलाई उपनेता नियुक्त गरेका हुन् । उनी कांग्रेस उदयपुरका जिल्ला सभापति पनि हुन् ।
पूर्वभौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका कार्की उदयपुरको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (२) बाट निर्वाचित भएका थिए । कोशी प्रदेशमा कांग्रेसका २९ सांसद छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।