निजी निवासमा सरे उपराष्ट्रपति पुन
फरकधार / २ चैत, २०७९
यो सामग्री सेयर गर्नुहोस्

उपराष्ट्रपति नन्दबहादुर पुन लैनचौरस्थित उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका छन् । उनी आज दिउँसो १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित निजी निवासमा सरेका हुन् ।



नेपालको संविधानबमोजिम ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन हुन लागेका सन्दर्भमा निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि उपराष्ट्रपति आजै निजी निवासमा सरेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।



निर्वाचित उपराष्ट्रपतिले पद तथा गोपनीयताको शपथ तथा पदभार ग्रहण नगरेसम्म उपराष्ट्रपति पुन निजी निवासबाटै कार्यालय आउने छन् । 









  • प्रकाशित मिति : चैत २, २०७९ बिहीबार १४:११:३५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया