राष्ट्रपतिको सचिवालयमा पाँचजना नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयमा पाँचजनालाई नियुक्त गरिएको छ । 

पौडेलले राष्ट्रपतिको शपथग्रहण गरेकै दिन प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका थिए । त्यस्तै सहयोगी चिरञ्जीवी अधिकारी निजी सचिव नियुक्त गरेका थिए ।

नेपाल प्रेस युनियनका पूर्वसचिव खिला कार्कीलाई मिडिया हेर्नेगरी सचिवालयमा नियुक्त गरिएको छ । नेविसंघका नेता सुशील तिमल्सिनालाई पनि सचिवालयमा नियुक्त गरिएको छ ।

राष्ट्रपतिको निजी फोटोग्राफरमा फोटो पत्रकार अनिश रेग्मी नियुक्त भएका छन् । 





  • प्रकाशित मिति : चैत २, २०७९ बिहीबार १९:२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया