वरिष्ठ चलचित्र निर्देशक प्रताप सुब्बाको निधन भएको छ।
उनको ७८ वर्षको उमेरमा सिलीगुडीस्थित एक अस्पतालमा बिहीबार निधन भएको हो।
२०३५ सालमा चलचित्र ‘परालको आगो’ निर्देशन गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेका सुब्बाले ‘बाँच्ने चाहनेहरु’, ‘मसाल’, ‘दिदी’, ‘भीष्म प्रतिज्ञा’ ‘कही अध्यारो कहीँ उज्यालो’लगायतका कैयौँ नेपाली चलचित्र निर्देशन गरेका थिए।
उनी नेपाली मूलका भारतीय निर्देशक हुन्। उनको निधनप्रति चलचित्रकर्मीहरुले दुःख व्यक्त गरेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।