उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाले बोलायो बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्दैछ । बिहान साढे ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकले उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने विषयमा निर्णय लिने बताइएको छ । 

उपराष्ट्रपति चयनका लागि आज १० बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको छ । उपराष्ट्रपतिमा सत्ता गठबन्धनको तर्फबाट रामसहायप्रसाद यादव र ममता झा तथा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएका छन् ।

यसअघि जसपाबाट उम्मेदवार बनेकी प्रमिलाकुमारी यादवले उम्मेदवारी फिर्ता लिएको र उनले रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेकी छन् ।

यद्यपि, उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्क्रिय भएको भनेकाले उनको नाम पनि मतपत्रमा हुनेछ ।   





  • प्रकाशित मिति : चैत ३, २०७९ शुक्रबार ७:१७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया