म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा रियल बेटिसलाई १–० ले हराउँदै युनाइटेड समग्रमा ५–१ को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
बिहीबार रातिको खेलमा युनाइटेडको जितमा मार्कोस रासफोर्डले निर्णायक गोल गरे । उनले खेलको ५५ औं मिनेटमा क्यासमिरोको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।
गत हप्ता भएको पहिलो लेगको खेलमा युनाइटेडले ५–१ को सानदार जित निकालेको थियो । युनाईटेडले युरोपा लिगमा अन्तिम ८ मा स्थान बनाउँदा अर्को इङ्लिस क्लब आर्सनल भने प्रतियोगिताबाट बाहिरिएको छ ।
दोस्रो लेगको खेलमा दुवै टिमले १–१ को गोलको बराबरी खेलेपछि नतिजा समग्रमा ३–३ को निस्किएको थियो । पेनाल्टी सुटआउटमार्फत भएको खेलको निर्णयमा आर्सनल ५–३ गोल अन्तरले पराजित भयो ।
प्रतियोगिताको क्वार्टरफाइनल ड्र आज हुँदैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।