नेपाली बजारमा यो साता सुनको मूल्य बढेको छ । बजारमा सुन तोलामा ५ हजार ३०० रुपैयाँले बढेको हो । गत साताको शुक्रबारको तुलनामा यो साता सुनको मूल्य करिब साढे ५ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार १ हजार ८०० रुपैयाँ थियो । सोही दिन तेजाबी सुनको मूल्य १ लाख १ हजार ३०० रुपैयाँ थियो । यो साताको शुक्रबारसम्म आइपुग्दा भने बढेर १ लाख ७ हजार १०० रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० रुपैयाँ कायम छ । साताको पहिलो कारोबार दिनदेखि उकालो लागेको सुनको मूल्य त्यसयता निरन्तर बढिरहेको छ ।
आइतबार एकैदिन तोलामा १७ सयले बढेको थियो । यस्तै, सोमबार ६०० रुपैयाँ र मंगलबार १६ सय रुपैयाँले बढेको थियो । बुधबार स्थिर रहेको सुनको मूल्य विहीबार १ हजारले बढ्नुका साथै शुक्रबार ४०० रुपैयाँले बढेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।