कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
फरकधार / ४ चैत, २०७९
यो सामग्री सेयर गर्नुहोस्
फाइल तस्बिर

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ ।



कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आइतबार बिहान बैठक आह्वान गरिएको जानकारी दिए । 



बैठक साढे १० बजे नयाँवानेश्वरस्थित संघीय संसद् भवनको शङ्कर हलमा बस्ने मुख्यसचिव पौडेलले बताए । 



उक्त बैठकमा उपस्थितिका लागि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई निर्देशानुसार अनुरोधसमेत गरेको छ । 



प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डको विश्वासको मतबारे पनि कांग्रेसले उक्त बैठकमा छलफल गर्ने भएको छ । प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिंदैछन् । 





  • प्रकाशित मिति : चैत ४, २०७९ शनिबार १४:१९:१८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया