प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ पाँच बजे बैठक बस्न लागेको छ ।
प्रधानमन्त्रीको विश्वासको मत र सरकार विस्तारबारे छलफल गर्न सत्तारुढ १० दलीय बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ आगामी सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन् । आजको बैठकले सो विषयमा निर्णायक छलफल गर्ने भएको छ । साथै सरकार विस्तार र दलगत सहभागिताको सन्दर्भमा पनि बैठकमा छलफल हुनेछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एमाले सरकारबाट बारिहिएपछि सबै मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले सम्हालेका छन्।
प्रचण्डले विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने तयारी गरेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।