आइतबार प्रतिनिधिसभामा दुई विधेयक र संसद नियमावली पेस हुने

आइतबार बस्ने संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठकमा दुई विधेयक र संसद नियमावली पेस हुने भएको छ । 

संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गर्दै सोबारे जानकारी दिएको हो । दिउँसो १ बजे बस्ने बैठकमा संवैधानिक परिषद (काम कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी पहिलो संशोधन विधेयक र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक पेस हुनेछ। 

दुवै विधेयक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेस गर्नेछन् । हाल कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय प्रधानमन्त्रीसँगै छ । 

बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले नियमावली मस्यौदाको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ। 





  • प्रकाशित मिति : चैत ४, २०७९ शनिबार १७:३८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया