घले गाउँमा सर्वाधिक राशि पुरस्कारको फुटबल प्रतियोगिता हुने

स्मार्ट भिलेज घलेगाउँमा वैशाख १ गतेदेखि स्मार्ट भिलेज आमन्त्रित छैटौँ गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । यो प्रतियोगितामा ‘ए’ डिभिजन खेल्ने फुटबल खेलाडीसमेत सहभागी हुनेछन् । 

यसअघि खुला फुटबल प्रतियोगिता आयोजना गर्दै आएका घलेगाउँबासीले पहिलोपटक आमन्त्रित फुटबल प्रतियोगिता आयोजना गर्न लागेका हुन् । यसका लागि जिल्लाभित्रका ४ वटा टिम र जिल्लाबाहिरका ६ वटा चर्चित फुटबल क्लबलाई आमन्त्रण गरिएको छ । 

पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले  बेंसीशहरमा पत्रकार भेटघाटको आयोजना गरी यसबारे जानकारी दिएको हो । 

पहिलोपटक आयोजना गरिएको आमन्त्रित स्मार्ट भिलेज गोल्ड कप फुटबल प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ लाख ५ सय ५५ रुपैयाँ, गोल्ड कप र मेडल पुरस्कार राखिएको छ । 

द्वितीय हुनेलाई नगद ३ लाख ३ सय ५५ रुपैयाँ, कप र मेडल राखिएको छ । प्रतियोगितामा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई नगद १०–१० हजार रुपैयाँ र मेडल प्रदान गरिनेछ । यो कार्यक्रम आयोजना गर्न ३० लाख ८० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।





  • प्रकाशित मिति : चैत ४, २०७९ शनिबार १९:४७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया