ए डिभिजन लिग : मनाङ मर्स्याङ्दी विजयी
फरकधार / ४ चैत, २०७९

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ ।



राजधानीको दशरथ रंगशालामा आज भएको खेलमा मनाङ एपिएफमाथि २–१ गोल ले विजयी भएको हो । 

३३ औं मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै एपिएफलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेको एपिएफले दोस्रो हाफमा लय गुमाउन पुग्यो ।



खेलको ५२औं मिनेटमा कमल थापाले गोल गर्दै मनाङलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।  



७२ औं मिनेटमा सेदजामोलले गोल गरेपछि अन्तिम ह्विसल बज्दा मनाङ २–१ को जित दर्ता गर्न सफल भयो ।

  • प्रकाशित मिति : चैत ४, २०७९ शनिबार २०:५१:३५,   अन्तिम अपडेट : चैत ४, २०७९ शनिबार २०:५४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया