राजनीतिले फुटाउँछ, खेलकुदले जुटाउँछ : बालेन
फरकधार / ४ चैत, २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजनीति फुटाउने खेल र खेलकुदचाहिँ जोड्ने खेल भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत नेपाली खेल क्षेत्रप्रति सम्मान व्यक्त गरेका हुन्। 



शनिबार एकदिवसीय विश्वकप छनोटका लागि स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गरेपछि बालेनले यस्तो खेल क्षेत्रले सबैलाई जोड्ने अभिव्यक्ति दिएका हुन्।

मेयर शाह आज भएको उक्त कार्यक्रममा उपस्थित भएका थिए। सो कार्यक्रमपछि उनले ​अब खेल क्षेत्रलाई प्रवर्द्धन गर्न सबै लाग्नुपर्ने उनले लेखेका छन्। 



नेपाली क्रिकेट टोली विश्वकप छनोटमा सोझै छनोट भएको भन्दै एमडिएसीले आज सम्मान गरेको थियो। 



  • प्रकाशित मिति : चैत ४, २०७९ शनिबार २१:२४:४५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया