मुल्तानलाई एक रनले हराउँदै लाहोरले जित्यो पिएसएल उपाधि

आठौँ संस्करणको पाकिस्तान सुपर लिग (पिएसएल) को उपाधि पनि लाहोर कलन्दर्सले जितेको छ ।

गएराति सम्पन्न फाइनल खेलमा मुल्तान सुल्तानविरुद्ध एक रनको रोमाञ्चक जित निकाल्दै लाहोरले लगातार दोस्रोपटक उपाधि जितेको हो । गत सिजनमा पनि लाहोरले मुल्तानलाई ४२ रनले हराउँदै पिएसएल उपाधि जितेको थियो ।

मुल्तान भने पिएसएल फाइनलमा लगातार दोस्रोपटक लाहोरसँग पराजित हुन पुग्यो । फाइनलमा लाहोरले दिएको २०१ रनको लक्ष्य पछ्याएको उसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९९ रन बनायो ।

उसका लागि रिली रुसोले ५२, कप्तान मोहम्मद रिजवानले ३४, खुसदिल साहले २५, टिम डेविडले २०, किरोन पोलार्डले १९, उस्मान खानले १८ र अब्बास अफ्रिदीले अविजित १७ रन बनाए ।

लाहोरका लागि कप्तान शाहिन शाह अफ्रिदीले ४ ओभरमा ५१ रन दिएर सर्वाधिक चार विकेट लिए । त्यस्तै, राशिद खानले दुई र डेविड भिसेले एक विकेट हात पारे । त्यसअघि लाहोरस्थित गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको लाहोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय रन बनायो ।

उसका लागि अब्दुल्लाह शफिकले अर्धशतकीय पारी खेले । ४० बलको सामना गरेका उनले ८ चौका र २ छक्कासहित ६५ रन बनाए । त्यस्तै, कप्तान शाहिन शाह अफ्रिदीले आक्रामक पारी खेले । १५ बल खेलेका उनले ५ छक्का र २ चौकासहित अविजित ४४ रन बनाए ।



फखर जमानले ३९ र मिर्जा बेगले ३० रनको योगदान दिए । मुल्तानका लागि उस्मा मिरले तीन ओभरमा २४ रन दिएर सर्वाधिक तीन विकेट लिए । 



  • प्रकाशित मिति : चैत ५, २०७९ आइतबार ७:११:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया