एजेन्सी– च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत प्रिक्वार्टरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्बल साल्केविरुद्ध जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले साल्केमाथि ३–२ को कठिन जित दर्ता गरेको हो ।
सिटीका लागि सर्जियो अग्युरो, लेरो साने र रहिम स्टर्लिङले गोल गरेका हुन् । यता साल्केका लागि दुवै गोल नबिल बेन्टालेबले गरेका हुन् । सिटी ६८औं मिनेटपछि १० खेलाडीमा सीमित भएको थियो । निकोलस ओटामेन्डीले दोहोरो पहेंलो कार्ड पाएसँग उनी मैदान छाड्न बाध्य भएका थिए ।
खेल सुरु भएको १७ मिनेटपछि सिटीले सुरुवाती गोल गरेको थिो । सिटीका लागि पहिलो गोल अग्युरोले गरेका हुन् । ३८औं मिनेटमा साल्केले पेनाल्टी प्राप्त गर्दै खेललाई बराबरीमा ल्यायो । प्राप्त पेनाल्टी अवसर सदुपयोग गर्दै नबिलले खेललाई बराबरीमा ल्याए । पहिलो हाफको अन्तिम मिनेटमा साल्केले पुःन पेनाल्टी अवसर प्राप्त ग¥यो । यो मौका पनि गुम्न नदिई नबिलले गोल गरे ।
पहिलो हाफमा एक गोलले पछि परेको सिटीले ८५औं मिनेटमा सानेको गोलबाट खेललाई बराबरीमा ल्यायो भने खेलको अन्तिम मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीका लागि ३–२ को जित सुनिश्चित गराए ।
त्यसैगरी, बुधबार राति नै भएको प्रिक्वार्टरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले इटालियन क्लब युभेन्टसलाई पराजित गरेको छ । एट्लेटिकोले युभेन्टसलाई २–० गोलले पराजित गरेको हो ।
पहिलो हाफसम्म कुनै गोल नभएको खेलको दोस्रो हाफमा भने एट्लेटिको उत्कृष्ट खेलेको थियो । ७८औं मिनेटमा मारिया गिमिनेजले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । त्यसको पाँच मिनेटपछि नै डिएगो गोडिनले गोल गर्दै टोलीको अग्रता दोब्बर बताए । त्यसपछि दुवैतर्फबाट कुनै गोल नहुँदा एट्लेटिको विजयी भयो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।