इक्वेडरमा ६.७ म्याग्निच्युडको भूकम्प, कम्तिमा १३ जनाको मृत्यु

इक्वेडरमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार इक्वेडरका आधाभन्दा बढी प्रान्तमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।  

भूकम्पका कारण देशका धेरै सहरमा भवनमा पनि क्षति पुगेको छ । सरकारी अधिकारीका अनुसार भूकम्पबाट सबैभन्दा बढी प्रभावित एल ओरु प्रान्तमा ११ जनाको मृत्यु भएको छ भने अजुए प्रान्तमा एकजनाको मृत्यु भएको छ ।

उत्तरी पेरुमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । यहाँ टुम्बेस प्रान्तमा घर भत्किँदा एक महिलाको मृत्यु भएको छ ।

इक्वेडरको आपतकालीन सेवाले यहाँका घरहरू भत्किँदा धेरै मानिस भग्नावशेषमुनि पुरिएका र उनीहरूलाई उद्धार गर्ने काम तीव्र गतिमा भइरहेको बताएको छ । 

भूकम्पको केन्द्रविन्दु इक्वेडरको दोस्रो ठूलो सहर ग्वायाकिलबाट करिब ८० किलोमिटर टाढा रहेको बालाओमा रहेको बताइएको छ । घना जनसंख्या भएको ग्वायाकिलको जनसंख्या करिब ३० लाख छ । 





  • प्रकाशित मिति : चैत ५, २०७९ आइतबार १०:४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया