\
नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।
निर्वाचन आयोगले आज दिउँसो ४ बजे उपराष्ट्रपति निर्वाचनबारेको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने भएको छ ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले भोलि यादवलाई सपथ गराउनेछन् । यादव गत चैत ३ गते एमाले र जनमतका प्रतिस्पर्धीलाई हराउँदै उपराष्ट्रपति निर्वाचित भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।