प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने कांग्रेसको निर्णय
फाइल तस्बिर

नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको छ । आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको हो ।   

महामन्त्री विश्वप्रकाश शर्माका अनुसार सबै प्रदेश तथा समावेशी सिद्धान्तअनुसार मन्त्री छानेर सरकारमा पठाउने निर्णयसमेत भएको छ ।

‘योग्यता, योगदान, प्रादेशिक सन्तुलन तथा समावेशीतालाई ख्याल गर्दै मन्त्रीहरू पठाउने निर्णय भएको छ । कुन–कुन मन्त्रालय लिने र ती मन्त्रालयमा क–कसलाई पठाउने भन्नेबारे १० दलीय गठबन्धन र पार्टीभित्र आन्तरिक छलफल गर्ने तयारीमा कांग्रेस छ,’ उनले भने ।  

प्रधानमन्त्री प्रचण्डले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । नेकपा एमाले, राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट पनि बाहिरिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।   





  • प्रकाशित मिति : चैत ५, २०७९ आइतबार १२:१०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया