श्रीमतीबाट छुटकारा पाउन पाकिस्तानी युवकले भारतको सीमामा धकेलदिए

एजेन्सी– पुलवामा आक्रमणपछि भारत पाकिस्तानबीच उत्पन्न भएको तनावको फाईदा उठाउँदै एक पाकिस्तानी युवकले पत्निबाट छुटकारा पाउन पाकिस्तानी आर्मीसँग मिलेर उनलाई भारतको सीमा पारी धकेलदिएका छन् । 

बुधबार राती ती महिलाले छिटो छिटो बोर्डर पार गरेको देखेपछि सीमा सुरक्षा बलले रोक्न खोज्दा उनी नरोकिएपछि सुरक्षाकर्मीले गोली चलाए । बिहान भएपछि सुरक्षा बलले ती महिलालाई घाइते अवस्थामा देखेर अस्पताल भर्ना गराएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

डिआइजी राजेश शर्माले महिला पाकिस्तानी जासुसी हुन कि भनेर अनुसन्धान गरेको बताए । उनले महिलाको मानसिक सन्तुलन पनि ठिक भएको जानकारी दिएका छन् । 

उनीसँग एउटा फुटेको मोबाइलमात्र भेटिएको छ । उपचारपछि डेरा बाबा नानक प्रहरी महिलालाई कस्टडीमा राखेर अनुसन्धान गरिने प्रहरीले बताएको छ । 

बोर्डरको बटालियन १० बाट महिला भारतीय सीमामा प्रवेश गरेकी थिइन् । अध्याँरो भएकाले सेनाहरुले राम्रोसँग उनलाई देख्न सकेनन् । सीमा सुरक्षा बलले आतंककारी या अरु कोही हुन सक्ने आशंका गरेर फायरिंग गरेको थियो । 

३२ वर्षीया श्रीमती गुलसनका अनुसार पाकिस्तानको गाउँ ताजपुरामा बस्ने उनी पाकिस्तानी आर्मी क्याम्पबाट आएकी थिइन्, श्रीमानले उनलाई घरबाट निकाल्न खोजिरहेका थिए । घरमा सधै झगडा परिरहन्थ्यो । श्रीमान पाकिस्तानी आर्मीसँग मिलेर उनलाई जबरजस्ती भारतीय सीमामा धकेलदिएका थिए । 





  • प्रकाशित मिति : फागुन ९, २०७५ बिहीबार १०:४५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया