ओस्कार विजेता मिसेल आमिरसँग सहकार्य गर्न इच्छुक

सन् २०२३ को ओस्कार अवार्डमा ‘वेस्ट एक्ट्रेस’ अवार्ड विजेता अभिनेत्री मिसेल योह बलिउड अभिनेता आमिर खानको ठूलो फ्यान हुन् । उनले एक अन्तरवार्तामा बोलेको यो कुराको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

फिल्म ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वान्स’बाट ओस्कार जितेकी मिसेल आमिरसँग फिल्ममा काम पनि गर्न चाहन्छिन् । ‘मैले आमिर खानसँग काम गरेको छैन, तर हामी दुवै एनजिओको ब्राण्ड एम्बासेडर हौं । जसलाई लिभ टु लभ भनिन्छ । यो पर्यावारण बचाउनका लागि बनाइएको हो । म आमिरको कामको प्रशंसक हुँ ।' 

आमिर एक अविश्वसनीय अभिनेता मात्र नभएर एक खुला हृदयका मानिस पनि भएकाे भन्दै मिसेलले उनीसँग चाँडै सहकार्य हुने  आशा व्यक्त गरेकी छन् ।  

मिसेलले यसपटक ओस्कार अवार्ड जित्ने पहिलो एसियाली महिलाको इतिहास रचेकी छन् । 





  • प्रकाशित मिति : चैत ५, २०७९ आइतबार १६:३९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया