स्पेनिस ला लिगा फुटबलको एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियल मड्रिडलाई हराएको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियललाई २–१ गोल अन्तरले हराएको हो ।
खेलको नवौँ मिनेटमा डिफेन्डर रोनाल्ड अरुजोले आत्मघाती गोल गरेपछि रियलले सुरुआती अग्रता पायो । तर, ४५ औँ मिनेटमा बार्सिलोनाका सेर्जी रोबर्टोले गोल गरेपछि खेल १–१ को स्थितिमा आयो ।
खेलको इन्जुरी समयमा फ्रान्क केस्सीले गोल गर्दै बार्सिलोनालाई २–१ को रोमाञ्चक जित दिलाए । यो जितसँगै बार्सिलोनाले रियलविरुद्ध १२ अंकको अग्रता कायम गरेको छ ।
बार्सिलोनाले २६ खेलमा ६८ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको रियलको ५६ अंक छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।