दाङमा मिनी ट्रकले ठक्कर दिँदा श्रीमानको मृत्यु, छोरी र श्रीमती गम्भीर घाइते

दाङमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा प्यूठानको नौबानी गाउँपालिका–६ बस्ने मोटरसाइकल चालक ३२ वर्षीय राजन केसीको मृत्यु भएको हो । उनका श्रीमती र छोरी घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते केसीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा आइतबार साँझ करिब ७ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।  

उनका अनुसार दुर्घटनामा परी केसीकी २६ वर्षीया श्रीमती सन्ध्या र छोरी २ वर्षीया राष्ट्रियता गम्भीर घाइते भएका छन् । सन्ध्याको दायाँ गोडा र टाउकोमा चोट लागेको छ । छोरीलाई भित्री चोट लागेको छ । दुवैजनाको अवस्था गम्भीर रहेको प्रवक्ता गौतमले बताए । 

आइतबार साँझ करिब ६ बजेतिर घोराही उपमहानगरपालिका–३ कुइरेपानी स्थित घोराहीबाट लमहीतर्फ जाँदै गरेको प्रदेश ०३–००१ क.०१६९ नम्बरको मिटी ट्रकले विपरीत दिशातर्फ गइरहेको बागमती प्रदेश ०२–०१६ प. ३६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । 





  • प्रकाशित मिति : चैत ६, २०७९ साेमबार ९:७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया