ललित र दीपेशलाई कोसी सरकारले एक लाख ११ हजार १११ रुपैयाँ दिने

राष्ट्रिय क्रिकेट टोलीका ललित राजवंशी र दीपेश कँडेललाई कोशी प्रदेश सरकारले जनही एक लाख ११ हजार १११ रुपैयाँ दिने भएको छ। सोमबार बसेको प्रदेशको खेलकुद विकास बोर्डले उक्त निर्णय गरेको हो। 

आइसिसी अन्तर्राष्ट्रिय क्रिकेट लिग २ अन्तर्गत युएईलाई हराउँदै विश्वकप छनोटमा टोली पुग्न सफल भएकोमा प्रदेश सरकारले दुई जना खेलाडीलाई सम्मानित गर्न लागेको हो। 

दुवैजनालाई एक लाख ११ हजार १११ रुपैयाँ दिने निर्णय गरेको हो। उनीहरूलाई विराटनगर महानगरपालिकाले पनि नगद पुरस्कारको घोषणा गरेको छ। 

उनीहरूलाई नगद १ लाख १ हजार पुरस्कार दिन लागेको हो। विराटनगरका ललित राष्ट्रिय टोलीका र दिपेश यु–१९ टोलीका सदस्य हुन्। 

गएको आइतबार आइसिसी लिग २ अन्तर्गत युएईविरूद्धको खेलमा  ललितले ५ विकेट लिएर करिअरकै उत्कृष्ट सफलता हात पारेका थिए।

फाइनल सरहको युएईविरुद्धको अन्तिम खेलमा पनि ललितले किफायती बलिङ गर्दै १० ओभरमा २७ रन दिएर १ विकेट लिएका थिए।



कँडेलले यु–१९ विश्वकप छनोटको फाइनलमा युएईविरूद्ध ह्याट्रिक गरेपछि नेपाल यु१९ विश्वकपमा पुगेको छ।



  • प्रकाशित मिति : चैत ६, २०७९ साेमबार २०:२७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया