सुदूरपश्चिम केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन २१ चैतमा

महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा २१ चैतमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुने भएको छ ।

यसअघि ८ चैतमा निर्वाचन तोकिए पनि विद्यार्थी सङ्गठनले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको थियो ।  

सोमबार विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच आगामी चैत २१ गते निर्वाचन गर्ने सहमति भएको निर्वाचन अधिकृत तोरण भट्टले जानकारी दिए ।

‘निर्वाचनका लागि दर्ता भएका सबै विद्यार्थी सङ्गठनबीच भएको छलफलमा २१ गते निर्वाचन गर्ने सहमति भएको छ,’ उनले भने, ‘विद्यार्थी भर्ना हुने समय दिएर निर्वाचन गर्ने सहमति भएको छ ।’ 

उनका अनुसार ११ चैतसम्म भर्ना भएका विद्यार्थीले मताधिकार प्रयोग गर्ने पाउनेछन् । सुदूरपश्चिम विश्वविद्यालयले ८ चैतमा तोकेको निर्वाचनमा अन्य पाँचवटा आङ्गिक क्याम्पसमा अझै विवादका कारण निर्वाचन अनिश्चित बनेको छ । 

८ चैतमा सुदूरपश्चिम विश्वविद्यालयका १० आङ्गिक क्याम्पसमा निर्वाचन हुँदैछ । विश्वविद्यालयमा केन्द्रीय र आङ्गिक गरी १६ क्याम्पस छन् ।    





  • प्रकाशित मिति : चैत ७, २०७९ मंगलबार ९:२६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया