बढ्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा सुनको ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। 

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई सय रुपैयाँ मात्र कम हो। यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यता तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। 

सोमबार प्रतितोला ७०० रुपैयाँ घटेको सुनको मूल्य आज फेरि प्रतितोला पाँच सय रुपैयाँ बढेको छ।
साथै आइतबार सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम गर्न सफल भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार चाँदी प्रतितोला १३ सय ३० रुपैयाँमा किनबेच भएको थियो। सोमबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।





  • प्रकाशित मिति : चैत ७, २०७९ मंगलबार १५:१८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया