फ्रान्सको राष्ट्रिय फुटबल टोलीको कप्तानमा एम्बाप्पे नियुक्त

फ्रान्सको राष्ट्रिय फुटबल टोलीको कप्तानमा स्टार खेलाडी किलियन एम्बाप्पे नियुक्त भएका छन् । एम्बाप्पेले २४ वर्षको उमेरमा टोलीको कप्तानी सम्हाल्ने भएका हुन् । उनको ध्यान अब आउँदो वर्ष हुने युरो कपमा हुनेछ । 

पूर्वकप्तान ह्युगो लोरिसले सन्न्यास लिएपछि एम्बाप्पेले टोलीको नयाँ कप्तान नियुक्त भएका हुन् । ३६ वर्षीय ह्युगोले गएको वर्षको फिफा विश्व कप फाइनलमा टोलीको हारपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए ।

एम्बाप्पेले सन् २०१८ मा फ्रान्सलाई विश्व कपको उपाधि जिताउन महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए । उनी पेरिस सेन्ट जर्मेइन (पिएसजी)बाट व्यावसायिक फुटबल खेल्ने गर्छन् । 

गएको वर्षको विश्व कपमा उनकै उत्कृष्ट प्रदर्शनका कारण फ्रान्स फाइनलमा पुगेको थियो ।





  • प्रकाशित मिति : चैत ७, २०७९ मंगलबार १८:४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया