भौतिकसँगै आध्यात्मिक विकास जरुरी – कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्वधर्मको रक्षा गर्दै भौतिक विकाससँगै आध्यात्मिक विकास हुनुपर्नेमा जोड दिएका छन् । 

पार्टीको भातृसंगठन नेपाल सनातन धर्म संस्कृति संगठन केन्द्रीय कार्यालयको तीनकुनेमा उद्घाटन गर्दै अध्यक्ष थापाले नेपाल हिन्दु, बौद्ध र किराँत धर्मको उद्गम स्थल भएको चर्चा गरे ।

धार्मिक मूल्यमान्यता र आस्थाको आधारमा नेपाल विश्वकै जेठो र सम्पन्न मुलुक भएको बताउँदै थापाले राष्ट्रिय एकता र पहिचानको संरक्षण अहिलेको प्रमुख आवश्यकता भएको विचार व्यक्त गरे ।

मुलुक बनाउन हामीसँग अत्यन्त बलियो मूल्य–मान्यता रहेको भन्दै थापाले आफ्नो देशको गौरवशाली इतिहास र पहिचान जोगाउन नयाँ पुस्ता अग्रसर हुनुपर्ने बताए । वैदिक मूल्यमान्यताका आधारमा काम गर्ने हो भने र धर्मलाई समाज र देश विकासमा जोड्न सके सकारात्मक सन्देश दिन सकिने थापाको भनाइ छ ।

सो अवसरमा थापाले लोभ, लालच र प्रलोभनका आधारमा गरिएको धर्मपरिवर्तन तत्काल रोकिनुपर्ने भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गरे ।

कार्यक्रममा संगठनका अध्यक्ष पुष्पराज पुरुषले संगठनलाई मुलुककै बलियो धार्मिक संगठन बनाउन लागि पर्ने प्रतिबद्धता व्यक्त गरे । 





  • प्रकाशित मिति : फागुन ९, २०७५ बिहीबार १८:२९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया