सञ्चारमन्त्री शर्मा भारत भ्रमणमा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा भारत प्रस्थान गरेकी छन् । भारत भ्रमणमा रहँदा मन्त्री शर्मा आज र भोलि नयाँ दिल्लीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछिन् ।    

उनी बुधबार अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू)को क्षेत्रीय कार्यालय उद्‍घाटनमा सहभागी हुने कार्यक्रम छ । नयाँ दिल्लीमा स्थापना भएको आइटियूको एसिया प्रशान्त क्षेत्रीय कार्यालय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रम छ । सो कार्यक्रममा विभिन्न देशका सञ्चारमन्त्रीलाई निम्तो दिइएको छ ।

त्यस्तै, मन्त्री शर्मा बुधबार नै विभिन्न देशका मन्त्रीहरू सहभागी हुने मन्त्रीस्तरीय सम्वादमा सहभागी हुने कार्यक्रम छ ।

बिहीबार उनले भारतीय समकक्षी अश्विनी वैष्णवसित दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । साथै भारतस्थित नेपाली दूतावास र त्यहाँस्थित नेपाली समुदायले गर्ने कार्यक्रममा पनि उनी सहभागी हुने मन्त्री शर्माका सञ्चारविज्ञ नरेन्द्र केसीले जानकारी दिए ।

मन्त्री शर्माका साथ नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल, मन्त्रालयका सहसचिव गौरव गिरी, मन्त्री शर्माका स्वकीय सचिव हेमराज शर्मा पोख्रेल, नेपाल टेलिकमका प्रबन्धक विमल आचार्य पनि भारत भ्रमणमा गएका छन् । 

मन्त्री शर्मा शुक्रबार दिउँसो स्वदेश फिर्ता हुने कार्यक्रम छ । 





  • प्रकाशित मिति : चैत ८, २०७९ बुधबार ७:२७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया