क्लासेनको शतकमा दक्षिण अफ्रिकाले वेस्ट इण्डिजलाई हरायो

वेस्ट इण्डिजविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिका ४ विकेटले विजयी भएको छ । 

गएराति सम्पन्न खेलमा वेस्ट इण्डिजले दिएको २ सय ६१ रनको लक्ष्य दक्षिण अफ्रिकाले २९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि हेनरिक क्लासेनले शतकीय पारी खेले । 

६१ बलको सामना गरेका उनले ५ छक्का र १५ चौकासहित अविजित ११९ रन बनाए । एकदिवसीयमा क्लासेनको यो दोस्रो शतक हो । त्यस्तै, मार्को जेन्सेनले ४३, कप्तान एडन मार्कमले २५, टोनी डे जोर्जीले २१, डेविड मिलरले १७ र रस्सीभानडर दुसेनले १४ रनको योगदान दिए । वेस्ट इण्डिजका लागि अल्जारी जोसेफले सर्वाधिक तीन विकेट लिए ।  

त्यसअघि पोचेफस्ट्रूमस्थित सेन्वेस पार्क मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इण्डिज ४८.२ ओभरमा २ सय ६० रनमा अलआउट भयो । 

उसका लागि ओपनर ब्रेण्डन किंगले अर्धशतकीय पारी खेले । ७२ बलको सामना गरेका उनले ११ चौका र एक छक्कासहित ७२ रन बनाए ।

त्यस्तै, निकोलस पूरनले ३९, जेसन होल्डरले ३६, शमराह ब्रुक्सले १८, ओडियन स्मिथले १७, कप्तान साई होपले १६, अकिल होसेन र कायल मेयर्सले १४/१४ रन जोडे ।



दक्षिण अफ्रिकाका लागि मार्को जेन्सन, गेराल्ड कोएट्जी र ब्योर्न फोर्टुइनले दुई/दुई विकेट लिए । योसँगै दक्षिण अफ्रिकाले सिरिज १–१ को बराबरीमा टुंग्याउन सफल भयो ।

यी दुई टोलीबीचको पहिलो खेल वर्षाका कारण रद्द भयो । दोस्रो खेलमा वेस्ट इण्डिजले दक्षिण अफ्रिकालाई ४८ रनले हराएको थियो । 



  • प्रकाशित मिति : चैत ८, २०७९ बुधबार ८:२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया