राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छिटो बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउन तथा देशभित्रै रोजगारी सिर्जनाको वातावरण बनाउन आग्रह गरेका छन् ।
सोमबार प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवाहरूको सुरक्षाकर्मीले मुख थुनेको तस्बिर राख्दै लिङ्देलले यस्तो आग्रह गरेका हुन् ।
‘मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन्, जो तपाईँ स्वयमलाई सबैभन्दा राम्रो थाहा छ,’ उनले लेखेका छन् ।
लिङ्देलले मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो भन्दै प्रचण्डलाई प्रश्न पनि गरेका छन् ।
‘हामीले गणतन्त्र ल्यायौँ, संघीयता ल्यायौँ, धर्मनिरपेक्षता ल्यायौँ र त सबैले बोल्न पाएका छौँ भन्नुहुने कमरेड प्रचण्ड हेर्नुहोस् त हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो?,’ लिङ्देलले प्रश्न गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।