उपनिर्वाचनका लागि आजदेखि दल दर्ता

आउँदो १० वैशाखमा हुने उपनिर्वाचनका लागि आजदेखि आउँदो आइतबारसम्म दल दर्ता गर्न सकिने भएको छ । 

बारा, चितवन र तनहुँको उपनिर्वाचनका लागि निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उपचुनावका लागि आजदेखि दल दर्ताको आह्वान गरेको हो । 

५ चैतसम्म आयोगमा दर्ता कायम भएका दलले उपचुनावमा भाग लिन दर्ताका लागि निवेदन दिन सक्ने निर्वाचन आयोगले जनाएको छ । चितवन–२, बारा–२ र तनहुँ–१ मा १० वैशाखमा उपनिर्वाचन हुँदैछ ।

सर्वोच्च अदालतले तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अयोग्य रहेको आदेश गरेपछि चितवन–२ रिक्त भएको थियो ।

त्यस्तै, तनहुँ–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि यी निर्वाचन क्षेत्र रिक्त भएका छन् । 





  • प्रकाशित मिति : चैत ८, २०७९ बुधबार ९:३४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया