नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ ।
मंगलबर तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख ७ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर आज १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।