मन्त्रिपरिषद् पुनर्गठनको तयारी : बालुवाटारमा सत्तारूढ गठबन्धनकाे बैठक सुरु

प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार साँझ साढे ५ बजेदेखि सत्तारूढ गठबन्धनकाे बैठक सुरू भएकाे छ । बैठकमा गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको सहभागिता रहेको छ । 

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुसँग छलफल राखेका हुन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहित नेताहरु सहभागी छन् ।

प्रधानमन्त्री प्रचण्डले ६ चैतमा विश्वासको मत पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिन गृहकार्य थालेका हुन् ।

बैठकमा मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटका विषयमा छलफल हुने नेताहरुको भनाइ छ । 





  • प्रकाशित मिति : चैत ८, २०७९ बुधबार १८:३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया