त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाल विजयी

नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

बुधवार साँझ खेलिएको प्रतियोगितको उद्घाटन खेलमा नेपालले लाओसलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

नेपाललाई शानदार जीत दिलाउन अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे । खेलको ३१ औं मिनेटमा नवीन लामाको कर्नरमा अनन्त तामाङले गोल लाइनबाट हेडरमार्फत शानदार गोल गर्दै नेपालका लागि खाता खोलेका थिए ।

खेलको दोस्रो हाफको ५६ औं मिनेटमा नवयुग श्रेष्ठले ३५ यार्ड टाढाबाट हाफ भलीमा शानदार गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए ।

यो नवयुगको आठौं अन्तर्राष्ट्रिय गोल हो । उनले पछिल्लो दुई वर्षमा पहिलो गोल गरेका हुन् । यसअघि उनले सन् २०२१ मा भएको विश्वकप छनोट खेलमा चाइनिज ताइपेइसँगको खेलमा गोल गरेका थिए ।

आजको खेलमा नेपालको तर्फबाट किरण चेम्जोङ -कप्तान_, रोहित चन्द, भरत खवास, अनन्त तामाङ, नविन लामा, एरिक विष्ट, पुजन उपरकोटी, नवयुग श्रेष्ठ, आयुष घलान, सनिस श्रेष्ठ तथा विकास खवासले खेलेका थिए ।





  • प्रकाशित मिति : चैत ८, २०७९ बुधबार २०:२५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया