सत्तागठबन्धन बैठक : मन्त्रालय भागबण्डा टुंगो लागेन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु गरेका छन्। प्रधानमन्त्रीले गठबन्धनमा रहेका सबै दललाई समेटेर सरकार विस्तार गर्ने तयारी गरेका छन्।

राष्ट्रपति निर्वाचनपछि बनेको १० दलीय गठबन्धनबीच सरकार विस्तार गर्नेबारे बुधबार प्रारम्भिक छलफल भएको छ। बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए। 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बेलुकी बसेको बैठकमा कुन दलले कति मन्त्रालय पाउने विषय भने टुंगिएको छैन । फेरि बस्ने बैठकले त्यसबारे छलफल गर्ने उनले बताए। बैठक कहिले बस्ने भन्नेबारे पनि उनले केही भनेनन् ।

बैठकमा संसदबाट महत्वपूर्ण विधेयकहरु पारित गर्न भूमिका खेल्नेलगायतका विषयमा पनि छलफल भएको छ। 

बैठकमा प्रधानमन्त्री प्रचण्डले माओवादीका अयोग्य लडाकुलाई २ लाख राहत दिने भनेर मन्त्रिपरिषदबाट कुनै निर्णय नभएको बताएका थिए । 





  • प्रकाशित मिति : चैत ८, २०७९ बुधबार २२:६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया