भारतविरुद्धको एकदिवसीय सिरिज अस्ट्रेलियाले जित्यो

भारतविरुद्धको एकदिवसीय सिरिज पाहुना टोली अस्ट्रेलियाले जितेको छ । बुधबार सम्पन्न दोस्रो खेलमा भारतलाई २१ रनले हराउँदै अस्ट्रेलियाले सिरिज २–१ ले जितेको हो । अघिल्लो खेलमा ऊ १० विकेटले विजयी भएको थियो ।

पहिलो ओडिआई ५ विकेटले जिते पनि निर्णायक खेलमा भने भारत पराजित हुन पुग्यो । अस्ट्रेलियाले दिएको २ सय ७० रनको लक्ष्य पछ्याएको भारतले ४९.१ ओभरमा सबै विकेट गुमाएर २ सय ४८ रन मात्र बनाउन सक्यो । उसका लागि विराट कोहलीले ७२ बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक ५४ रन बनाए ।

त्यस्तै, हार्दिक पाण्ड्याले ४०, केएल राहुलले ३२, शुभमन गिलले ३०, रवीन्द्र जडेजाले १८ र मोहम्मद शामीले १४ रन जोडे । अस्ट्रेलियाका लागि स्पिनर एडम जाम्पाले सानदार बलिङ गरे । उनले १० ओभरमा ४५ रन दिएर महत्वपूर्ण ४ विकेट लिए । 

त्यस्तै, एस्टन अगरले दुई, सेन एबट र मार्कस स्टोइनिसले एक/एक विकेट हात पारे । त्यसअघि चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर २ सय ६९ रन बनायो । 

उसका लागि ओपनिङ ब्याटर मिचेल मार्शले ४७, एलेक्स केरीले ३८, ट्रभिस हेडले ३३, मार्नस लाबुशेनले २८, सेन एबटले २६, मार्कस स्टोइनिसले २५, डेविड वार्नरले २३, एस्टन अगरले १७, मिचेल स्टार्क र एडम जम्पाले १०/१० रन बनाए । 

 कप्तान स्टिभ स्मिथ भने शून्यमै आउट भए । भारतका लागि हार्दिक पाण्ड्या, कुलदीप यादवले तीन/तीन, अक्षर पटेल र मोहम्मद सिराजले दुई/दुई विकेट लिए ।





  • प्रकाशित मिति : चैत ९, २०७९ बिहीबार ७:८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया