फुटबल प्रशिक्षक डम्बरसिंह गुरुङको निधन

पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक डम्बरसिंह गुरुङको निधन भएको छ । ७१ वर्षीय गुरुङको हृदयघातका कारण बुधबार पोखरामा निधन भएको हो । 

कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट पोखरा फर्कनेक्रममा नाउँडाँडामा उनले चलाएको कारले कुकुरलाई ठक्कर दिएको थियो । स्थानीयले केरकार गरेपछि उनी त्यहीँ ढलेका थिए ।  

उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । तीन वर्षअघि मस्तिष्कघात भएपछि उनको टाउकोको शल्यक्रिया गरिएको थियो । उनका श्रीमती, तीन छोरी र एक छोरा छन् । 

सन् १९६६ मा बेलायती सेनामा भर्ती भएका उनले सन् १९७४ मा कोरियन प्रशिक्षक च्यानको प्रशिक्षकत्वमा थाइल्याण्डको राजधानी बैंककमा खेले । 

सन् १९८२ मा जर्मन प्रशिक्षक रुडी गुटेनडोर्फको प्रशिक्षणमा उनले भारतको दिल्लीमा भएको अन्तर्राष्ट्रिय खेलमा नेपाली राष्ट्रिय टिमबाट प्लेमेकरको भूमिकामा खेलेका थिए । गुरुङ एन्फा यू–१४, यू–१६, आर्मी, एपीएफजस्ता ‘ए’ डिभिजन क्लबको प्रशिक्षक भइसकेका छन् । 





  • प्रकाशित मिति : चैत ९, २०७९ बिहीबार ७:४५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया