बीएस राणाकी पत्नी र छोरीको उपचारका लागि चलचित्रकर्मी कोषको १ लाख सहयोग

स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्रकर्मी कल्याणकारी कोषले १ लाख सहयोग गरेको छ । चलचित्र विकास बोर्डअन्तर्गत रहेको कोषले बुधबार ललितपुरस्थित स्नेही काख नामक संस्थामा पुगेर सहयोग गरेको हो । 

सहयोग रकम चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र कल्याणकारी कोषकी संयोजक वसुन्धरा भुसालले हस्तान्तरण गरे । सहयोग हस्तान्तरणको समयमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, कलाकार संघका निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, कलाकार संघकी उपाध्यक्ष कविता गेलाल, संघकै सह–कोषाध्यक्ष पवित्रा आचार्य लगायतका कलाकार उपस्थित थिए ।

सहयोग हस्तान्तरण गर्दै बोर्ड अध्यक्ष केसीले राहत कोषमा जरुरी रहेको रकम अझै जुट्न नसकेको कारण इच्छा भएर पनि अप्ठेरोमा धेरै रकम सहयोग गर्न सकिने अवस्था नरहेको बताए ।

‘यदि हामीसँग पर्याप्त रकम भइदिएको भए हामीले दिल खोलेर सहयोग गर्न सक्थ्यौँ । कोषबाहेक बोर्डले अलग्गै आर्थिक सहयोग गर्न सक्ने अवस्था पनि छैन । हामीसँग त्यो क्षेत्राधिकार नै छैन । पूर्वराष्ट्रपति विद्या देवि भण्डारीज्यूले कोषमा रकम जम्मा गर्नको लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभएको थियो, आशा गरौँ राज्यको तर्फबाट कोषमा उल्लेख्य रकम थप हुनेछ,’ केसीले भने ।  

गत १५ फागुनमा राणाकी पत्नी र छोरीलाई काठमाडौंको गोलढुंगाबाट उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । स्नेही काखले उद्धार गरेर अस्पताल भर्ना गरेको थियो । 

२०४१ सालमा बनेको चलचित्र  ‘अन्याय’बाट नेपाली चलचित्रको अभिनयमा गरेका राणाले सयभन्दा बढी चलचित्रमा अभिनय गरेका थिए ।  



राणाको १८ माघ २०७५ मा ७८ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनपछि श्रीमती हनी र कान्छी छोरी आरतीमा मानसिक समस्यामा परेका थिए ।  



  • प्रकाशित मिति : चैत ९, २०७९ बिहीबार ९:६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया