महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका मनोज डिसी

दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मनोज डिसी विजयी भएका छन् ।  

निर्वाचन अधिकृत कुलवीर चौधरीका अनुसार डिसी १ हजार ९६ मत प्राप्त गर्दै स्ववियु सभापतिमा विजयी भएका हुन् ।  

अखिल संयुक्तका उम्मेदवार हिमाल महराले ६ सय २० मत प्राप्त गरे । महेन्द्र बहुमुखीमा एमालेनिकट अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारी र राष्ट्रिय जनमोर्चानिकट अखिल छैठौंले तालमेल गरेका थिए । 

त्यस्तै, नेविसंघ र एकीकृत समाजवादी निकट अनेरास्ववियुले तालमेल गरेका थिए । सभापतिमा नेत्रविक्रम चन्दनिकट अखिल क्रान्तिकारीका खुमबहादुर केसीले १ सय २४, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका मुस्कान पोख्रेलले २८, स्वतन्त्र विद्यार्थी समूहका अभिषेक विष्टले १ सय ३० र अनेरास्ववियु छैठौँ (क्रान्तिकारी) का सेवक भट्टराईले ४५ मत प्राप्त गरे । 

सचिवमा ९ सय ५५ मत प्राप्त गर्दै नेविसंघका बसन्त भण्डारी विजयी भए । कोषाध्यक्षमा पनि नेविसंघकै ममता केसी ९ सय ९६ मतका साथ विजयी भएकी छन् । 





  • प्रकाशित मिति : चैत ९, २०७९ बिहीबार ११:१२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया