निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको रिक्त रहेको ठाउँमा उपनिर्वाचनको मिति तोकेसँगै दलहरूले तयारी थालेका छन् । यसैबीच जनमत पार्टीले बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचनको तयारी थालेको छ ।
उक्त पार्टीका अध्यक्ष डा. सिके राउतले आज विरगञ्जस्थित गढीमाइको दर्शनपछि ‘मिसन बारा–२’ को शुभारम्भ गरेका हुन् ।
उनले समाजिक सञ्जालमार्फत बारा क्षेत्र नम्बर २ मा बाहिरी अर्थात् फिरंगी उमेदवारको सम्भावना नरहेको भन्दै आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा २ मा वैशाख १० गते उपनिर्वाचन हुँदै छ ।
उक्त क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि चुनाव लड्ने तयारी गरिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।