राहुल गान्धीलाई मानहानि मुद्दामा २ वर्ष जेल सजाय

भारतीय कांग्रेस नेता राहुल गान्धीलाई सुरतको एउटा अदालतले २ वर्षको जेल सजाय सुनाएको छ । 

चार वर्ष पुरानो मानहानि मुद्दामा उनलाई अदालतले उक्त सजाय सुनाएको हो । अदालतले राहुललाई सजायको विरुद्धमा माथिल्लो अदालतमा पुनरावेदनका लागि ३० दिनको समय दिएको छ । 

सन् २०१९ मा गान्धीले मोदी थरलाई लिएर एउटा टिप्पणी गरेका थिए । मुद्दाको सुनुवाइ भइरहेका बेला राहुल सुरत अदालतमा उपस्थितसमेत थिए । राहुलले कथितरूपमा एक बयानमा ‘किन सबै चोरका थर मोदी छ?’ भनेको आरोप लागेको छ । 

त्यस्तै, अदालतले तुरुन्त ​राहुललाई १० धरौटीमा छाड्ने आदेश पनि सुनाएको छ । 





  • प्रकाशित मिति : चैत ९, २०७९ बिहीबार १३:१६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया