सेयर बजारमा १८.१५ अंककाे गिरावट

साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ विन्दुमा आएर रोकिएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९० अंकले घटेर ३६१.०१ विन्दुमा पुगेको छ। बुधबार पनि सेयर बजार घटेको थियो । सोहीदिन नेप्से परिसूचकमा १५.७६ अंकले ओरालो लागेको र एक अर्ब ३३ करोडभन्दा बढी रुपैयाँको कारोबार भएको थियो । 

बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४१ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको छ।

कारोबारको आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ। यसको २१ करोड ७४ लाख भन्दाबढीको कारोबार भएको छ। यसैगरी सिद्धार्थ बैंकको ८ करोड ३५ लाख भन्दाबढीको कारोबार भएको छ ।

बिहीबार सबै उपसूचकमा ओरालो लागेको छ।  आजको मायाखोला हाइड्रोपावर कम्पनीको १० प्रतिशत र एसियन हाइड्रोपावरको ९.९७ प्रतिशतको सेयर कारोबार भएको छ। यी कम्पनीले सर्वाधिक कमाएका छन् । 





  • प्रकाशित मिति : चैत ९, २०७९ बिहीबार १७:४८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया