धुम्बाराहीमा आठवटा गाडी ठोक्किँदा नाैजना घाइते

काठमाडाैंकाे धुम्बाराहीमा आठवटा गाडी एकआपसमा ठोक्किएर भएकाे दुर्घटनामा परी नाैजना घाइते भएका छन् । 

रहेको चप्पल कारखाना चोकमा साे दुर्घटनामा भएकाे काठमाडाैं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले बताए । 

रिजालका अनुसार एउटा माइक्रो भ्यानले मार्बल बोकेको गाडीलाई ठक्कर दिँदा अरू दुईवटा चार पाङ्ग्रे गाडी, तीनवटा मोटरसाइकल र एउटा स्कुटर ठोकिएर दुर्घटना भएको हो । 

दुर्घटनामा घाइते भएकामध्ये एकजनालाई शिक्षण अस्पताल महाराजगञ्ज र अरू आठजनालाई उपचारका लागि हेम्स अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

दुर्घटना गराउने भ्यानका चालकलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएकाे छ । 





  • प्रकाशित मिति : चैत ९, २०७९ बिहीबार १७:५८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया