मधेस प्रदेशको नेतृत्व पाउनुपर्ने कांग्रेसको दाबी

नेपाली कांग्रेस मधेस प्रदेशका संसदीय दलका नेता कृष्णप्रसाद यादवले मधेस प्रदेशको नेतृत्व नेपाली कांग्रेसले पाउनुपर्ने दाबी गरेका छन् । 

उनले मधेस प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताएका हुन् । संघमा कांग्रेस–माओवादीसहित १० दलीय गठबन्धन बनेपछि मधेसमा आफ्नो पार्टीले सरकारको नेतृत्व गर्न पाउनुपर्ने उनको माग छ । 

मधेस प्रदेशमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस रहेको हुँदा सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने उनको दाबी छ । 

यसअघि एमाले माओवादीसहितको गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)को नेतृत्वमा सरकार गठन भएको छ । पछिल्लो गठबन्धनमा सोही सहमतिले निरन्तरता नपाउने उनको भनाइ छ । 

केन्द्रीय शीर्ष नेताहरूबाट ठोस निर्णय नआउँदा प्रदेश सरकार पुनर्गठन हुन नसकेको उनको भनाइ छ । मधेस प्रदेशको सरकार एक–दुई दिनमै पुनर्गठन हुने उनले बताएका छन् ।





  • प्रकाशित मिति : चैत ९, २०७९ बिहीबार १९:५६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया